दार्जिलिङका सांसद राजु विष्टद्वारा गृहमन्त्री अमीत शाहसित भेटघाट

IMG-20230516-WA0260.jpg

दार्जिलिङ: आज दार्जिलिङको भाजपा सासंद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले दार्जिलिङ संसदीय क्षेत्रका विभिन्न समस्याहरू र क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूबारे मार्गदर्शनका लागि देशको गृहमन्त्री अमित शाहसित भेट गरेका छन्। सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गरी भने, गृहमन्त्री अमीत शाहको दूरदर्शी नेतृत्वमा सबै नागरिकहरूका निम्ति विश्वास अनि आशाको निरन्तर स्रोत रहि आएको छ। जति नै जटिल मुद्दाहरू भएता पनि राष्ट्रीय हितमा ठोस निर्णय लिने उनको साहस अनि दृढ़ताका लागि उनको व्यापक सम्मान गरिन्छ। उनको नेतृत्वले हाम्रो राष्ट्रका जनतालाई अति कठिन समयमा पनि सकारात्मक अनि विश्वासले भरिपूर्ण रहन शक्ति र प्रोत्साहन प्रदान गर्दछ।
सांसद राजु विष्टले अघि भने, हाम्रो क्षेत्रका जनताको उनीमाथि दृढ़ आस्था छ र उनको अद्वितीय नेतृत्वमा नै हामीले अन्ततः न्याय पाउनेछौँ भन्ने अगाध विश्वास छ। हाम्रो क्षेत्रको बारेमा उहाँको गहिरो समझदारी अनि हाम्रा जनताको कल्याणप्रति उहाँको वास्तविक चिन्ताबाट म धेरै उत्साहित भएको छु। मलाई पूर्ण विश्वास छ कि उनको सक्षम मार्गदर्शनमा हाम्रो प्यारो क्षेत्र र जनताको उज्ज्वल अनि सुनौलो भविष्य सुनिश्चित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement