टाटा मेजिकको चपेटमा परी स्कूटी सवारको मृत्यु

nat

बाक्साः बाक्सा जिल्ला शहरमा पाठशाला-नामलाङलाई जोड्ने सड़कमा भएको एक दुर्घटनामा स्कूटी सवार मारिएको छ। पुलिस सूत्रहरू अनुसार, हिजो राति सिलेन्डर लिएर गईऱहेको टाटा मेजिकले हिर्काउँदा स्कूटी सवार (एएस-२८बी-६६७६) को मृत्यु भयो। मृतकको पहिचान शिमला पुलिस स्टेशन अन्तर्गत करहाना गाउँ निवासी गौतम बोडोको रूपमा गरिएको छ। गौतम शिलबाड़ी क्षेत्रीय अल बोडो स्टूडेन्ट यूनियन (आब्सू) को अध्यक्ष थियो।

दुर्घटना पाठशाला-नामलाङलाई जोड्ने अन्तरराष्ट्रिय राजमार्गमा भयो। घटनास्थलमा पुगेको शिमला पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति सिविल अस्पतालमा पठाएको छ। साथै पुलिसले यस सम्बन्ध एक प्राथमिकी दर्ता गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement