टोटोपाड़ामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20230516-WA0250.jpg

मदारीहाट: डुवर्सको मदारीहाटदेखि २४ किलो मीटरमाथि टोटोपाड़ामा नि:शुल्क स्वस्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त स्वस्थ जाँच शिविर रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको आयोजनामा सम्पन्न भएको छ। उक्त स्वास्थ्य जाँच शिविरमा गाइनो, साधारण रोगहरूका जाँच गरिएको जानकारी प्राप्त भएको छ। उक्त शिविरमा वीरपाड़ा र सिलगढीबाट विशेषज्ञ डाक्टरद्वारा विभिन्न रोगहरूका जाँच गरिएको थियो। उक्त शिविरमा नेपाली र टोटो समुदायका १०० जनाभन्दा बेसी मानिसहरूले स्वस्थ्य जाँच गराएका थिए। यसको साथै नि:शुल्क दबाईहरू पनि वितरण गरिएको थियो। नि:शुल्क स्वस्थ्य जाँच शिविर लगायत मेडिकल भ्यान पनि उक्त स्थानमा लगिएको कारणले विभिन्न रोगहरूका परीक्षण पनि गराइएको थियो।

उक्त मेडिकल भ्यानको सहयोगमा मानिसहरूले रगत जाँच, ईसीजी लगायत अन्य रोगहरूका जाँच पनि गराएका थिए। उक्त मेडिकल क्याम्प आयोजनामा स्थानीय सन्देश टोटोको विशेष सहयोग गरेको र दिलमाया तामाङ र उनको वेदीको प्रार्थना झुण्डद्वारा पनि सहयोग गरिएको आयोजक समिति रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको पक्षमा मोजेस सन्यासीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement