सड़क दुर्घटनामा पाँच पुलिसकर्मी गम्भीर रूपमा घाइते

nat

कछारः कछार जिल्लाको रामनगरमा हिजो मध्य रातमा भएको भीषण सड़क दुर्घटनामा पाँच पुलिसकर्मी गम्भीर रूपमा घाइते भएका छन्। पुलिस सूत्रहरू अनुसार, पुलिसको एउटा गाड़ीले सड़क छेउ खड़ा ट्रकलाई ठोक्यो। दुर्घटनामा सूमो वाहनमा सवार पाँच पुलिसकर्मी गम्भीर रूपमा घाइते भए। सबैलाई सिलचर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराइएको छ।

घाइतेहरूमा दुई जनाको स्थिति चिन्ताजनक बताइएको छ। सबै पुलिसकर्मी करीमगंज जिल्लाका बासिन्दा हुन्। करीमगंज जेलबाट दुई बिरामी कैदीलाई उपचारको निम्त एसएमसीएचमा भर्ती गराउन पुलिस टीम आएको थियो। दुर्घटना रामनगरमा त्यस समय भयो जब दुवै कैदीलाई मेडिकल कलेजमा भर्ती गराएपछि सबै पुलिसकर्मी करीमगंज फर्किरहेका थिए। घाइते पलिसकर्मीहरूमध्ये दुईको पहिचान बीएच बरभुइया र अजीत नाथ लश्करको रूपमा गरिएको छ। अन्यको नामको पत्तो लागेको छैन। यसमा एक गैर सरकारी चालक पनि सामेल छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement