रोजगार मेलाः शिक्षा राज्य मन्त्रीले सुम्पे युवाहरूलाई रोजगार पत्र

IMG-20230408-WA0112.jpg

सिलगढ़ीः युवाहरूलाई सरकारी नौकर दिने अभियान अन्तर्गत मंगलवार पाँचौं प्रधानमन्त्री रोजगार मेला आयोजित गरियो। देशभरिमा सिलगढ़ी सहित ४५ शहरमा कार्य़क्रम आयोजित गरियो, जहाँ भर्चुअल माध्यमले प्रधानमन्त्री नरेन्द्र मोदीले ७१ हजार युवालाई नियुक्ति पत्र सुम्पे, उनीहरूलाई भर्चुअली सम्बोधित गरे।

एनजेपी वीआईपी गेस्ट हाउसमा आयोजित रोजगार मेलामा केन्द्रिय़ शिक्षा राज्य मन्त्री डा. सुभाष सरकार, जलपाइगढ़ीका सांसद जयन्त राय, उत्तर बंगाल-सिक्किम मुख्य पोस्टमास्टर जनरल अखिलेश कुमार पाण्डेय र अन्य अतिथिहरूले सिलगढ़ीम लगभग २०० उम्मेदवारलाई विभिन्न सरकारी विभागहरूमा नियुक्ति पत्र सुम्पे। रोजगार पाउने युवाहरूमा खुशी झल्किरहेको थियो। युवाहरूले केन्द्र सरकारको रोजगार मेलालाई एक राम्रो पहल बताएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement