फाँसीदेवा: असममा तस्करी गर्न अगावै २३ वटा भैंसी सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्राउ गरेपछि ति आरोपीहरुलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसद्वारा पक्रा परेकाहरूमा सचिन यादव र सुबल लाल कर्मकार सामेल छन्। प्राप्त जानकारी अनुसार फाँसीदेवा थाना पुलिसले आज मोहम्मद बक्सा मोडमा एउटा लरीलाई रोकेर छानबीन गर्दा २३ वटा भैंसी उद्धार गर्नको साथै चालक र खलासीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको भैंसीहरू असममा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।