तीनधारेदेखि सिविटारसम्म पुगेको रोडको मरमत्ति गरिने
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने अन्त्यन्तै जीर्णावस्थामा पुगेको रोडको मरमत्ति कार्य गरिने भएको छ। तीनधारेको गोलाई पाखादेखि तीनधारे चियाबारी हुँदै सिविटारको तितिरी खेल मैदानसम्म पुग्ने साँढ़े पाँच किलोमीटर लामो रोड अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। उक्त रोडको जीर्णावस्थाले गर्दा स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो भने यस रोडको मरमत्तिको लागि स्थानीयहरूले लगातार रूपमा माग गर्दै आईरहेका थिए। स्थानीयहरूका मांग अनुसार जीटीए चिफ् अनित थापाको निर्देशनमा यस रोडको मरमत्ति कार्य थालिने भएको छ। उक्त रोडको मरमत्ति कार्यको लागि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि उपाध्यक्ष कुसाङ लामा, युवा शक्तिको संयोजक साजन दर्जी साथै विभागीय अधिकारीहरूले निरीक्षण गरेका छन्। तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्ति कार्य सीपीक्युसी विभागबाट गरिने जानकारी प्राप्त भएको छ। उक्त विभागबाट सहायक अभियन्ता पूर्णिमा छेत्री, एसएई विशाल प्रधान र मान्डुप लामा पनि उपस्थित रहेका थिए। क्षेत्रीय सभासद नवराज छेत्री र विभागीय अधिकारीहरूले भ्रमण गरेपछि अब यस रोडको मरमत्ति कार्य गरिने भएको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत सिविटारदेखि तीनधारेसम्म पुग्ने रोडको निर्माण गरिएको हो। तर अहिले यो रोड अत्यन्तै जीर्णावस्थामा पुगेको छ। विशेष गरी यो रोड अन्तर्गत सिविटारको तितिरी खेल मैदान पुग्ने बेलामा शिवखोला र सिविटारको मध्य स्थानतिर रोड अत्यन्तै नाजुक भएको छ। त्यसको साथै वीरदले क्षेत्र, बाघमारा बस्ती अनि तीनधारे चियाबारी क्षेत्र अन्तर्गत बन्दुके गाउँ र यसको तलपट्टि निक्कै जीर्णावस्थामा पुगेको थियो। यस रोडको जीर्णावस्थाको कारणले चालकहरूलाई पनि धेरै असुविधा भईरहेको थियो। यस
रोडको जीर्णावस्थाको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो भने मानिसहरूले ये रोडको मरमत्तिको लागि धेरैपल्ट निवेदन गरिसकेका थिए। स्थानीयहरूका मांग अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थानीय प्रतिनिधिहरूले जीटीए चिफ् अनित थापालाई भेटेर निवेदन गरेपछि उनकै निर्देशनमा यो रोडको मरमत्ति गरिने भएको छ।

उक्त रोडको मरमत्ति कार्य गरिने विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष एंव तीनधारे महानदी समष्टि जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्रीले सिविटारदेखि तीनधारेसम्म पुग्ने रोडको अवस्था एकदमै सोचनीय बनेको थियो र हामीले जीटीए चिफ् अनित थापासित भेट गरी उनकै निर्देशनमा यो रोडको मरमत्ति कार्यको लागि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, विभागीय अधिकारीहरू र पार्टी प्रतिनिधिहरूले निरीक्षण गरेका छन्। उनले यस निरीक्षण कार्यपछि आगामी २२ मईदेखि यस रोडको मरमत्ति कार्य गरिने भएको बताएका छन् भने रोडको मरमत्ति कार्यको लागि जीटीए चिफ् अनित थापालाई स्थानीयहरूका पक्षमा धन्यवाद दिएका छन्।