आँप बोकेको गाडी दुर्घटनाग्रस्त

Screenshot_20230516_163600_WhatsApp.jpg

जलपाईगुडी: कोलकाताबाट अगरतला आँप बोकेर गइरहेको लरी (गाडी) दुर्घटनाग्रस्त बनेको छ। यो घटना जलपाईगुडी राष्ट्रिय राजमार्ग टिस्टा पुलमा घटेको हो।आँप बोकेको गाडी अचानक नियन्त्रण गुमाएपछि पल्टिन पुग्यो। यसरी गाडी लडेपछि टिस्टा पुलभरि आँपका बाकसहरु छरपष्ट छरिएका छन्। त्यस लरीमा दुई जना चालकहर थिए। एकजना सुतीरहेका थिए भने अर्को चालकले गाडी चलाएको चालकले बताए। जलपाईगुडी सदर ट्राफिक प्रहरीले घटनास्थलमा पुगेर क्रेनको सहायताले गाडीलाई बाटोबाट हटाएको छ। पुलिसले यस घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement