काठमाण्डौंः नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्किएलगत्तै यसबारे चासो बढेको छ। आज सोमवार शाह परिवारसहित सडक मार्गबाट पश्चिम नेपालको नेपालगञ्ज फर्किएका हुन्। भारत भ्रमणका क्रममा पूर्वराजा शाहले १० मईमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए। उनले १४ मईमा अयोध्यामा निर्माणाधीन राममन्दिरको अवलोकन गरे।
५ मईमा रुपेडिया नाकाबाट भारत प्रवेश गरेका पूर्वराजाले महत्वपूर्ण राजनीतिक भेटहरु पनि गरे। यसलाई लिएर नेपालको संसदमा प्रश्न उठाइएको छ। आज सोमवार नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वराजालाई भारतमा स्वागत गरेकोमा आशंका व्यक्त गरे। उनले यसलाई भारतको प्रेसर डिप्लोमेसीको संज्ञा दिए। मुख्यमन्त्री हुनु अघि २०१४ मा काठमांडू आएर नेपाललाई राजसंथासहितको हिन्दूराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति योगीले दिएका थिए। योगी आदित्यनाथ गोरखनाथ मन्दिरका मठाधीश हुन्। गोरखनाथ मन्दिरसँग पूर्वराजपरिवारको गहिरो साइनो छ। यसले पनि नेपालका नेताहरुलाई झस्काएको छ। नेपालमा पूर्वराजा शाहको राजनीतिक गतिविधि बढ्दैछ। उनले पछिल्लो समय राजसंस्थासहितको हिन्दूराष्ट्र फर्काउने आशयको अभिव्यक्ति दिइरहेका छन्।