ब्राउन शुगर र नशालु ट्याबलेटको साथ दुई पक्राउ

IMG-20230408-WA0112.jpg

सिलगढ़ीः स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्तिनगर थाना पुलिसले सुंयक्त अभियान चलाएर पीसी मित्तल बस स्ट्याण्डबाट ब्राउन शुगर र प्रतिबन्धित नशालु ट्याबलेटको साथ दुई आरोपितलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपितहरूको पहिचान मुर्शिदाबाद निवासी हजिकुल शेख र सिलगढ़ी निवासी एमडी नूर आलमको रूपमा गरिएको छ।

प्राप्त जानकारी अनुसार, सोमवार राति हजिकुल शेख ब्राउन शुगर र नशालु ट्याबेलट लिएर सिलगढ़ीमा तस्करीका लागि पीसी मित्तल बस स्ट्याण्ड पुगेको थियो। जसलाई लिनका लागि एमडी नूर आलम आफ्नो ट्याक्सी गाड़ी लिएर पुगेको थियो। एसओजीलाई यसको खबर लाग्यो। यसपछि भक्तिनगर थाना पुलिसको मद्दतले अभियान चलाएर दुवैलाई पक्राउ गरियो। आरोपितहरूदेखि २९० ग्राम ब्राउन शुगर र एक हजार पीस नशालु ट्याबलेट उद्धार भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement