दक्षिण दिनाजपुरः जिल्लामा बर्डर आउट पोस्ट (बीओपी) दुर्गापुरमा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरमा रायगंज सेक्टर अन्तर्गत १३७औं बटालियन बीएसएफ जवानहरूले एक भारतीय तस्करलाई समाएका छन्। पक्रा परेको तस्करको नाम बिक्रम लाहा (२८) बताइएको छ।
बीएसएफले प्रेस विज्ञप्ती जारी गरी भनेको छ, बीओपी दुर्गापुर नजिक जवानहरूले एउटा ई-रिक्शा (टोटो) चालकलाई समाए। जब जवानहरूले ई-रिक्शाको जाँच गरे तब त्यसबाट भारी संख्यामा कन्ट्राबान्ड समान उद्धार गरियो। ई-रिक्शा चालकले भारतबाट बांग्लादेशमा तस्करी गरी लगिरहेको थियो। ई-रिक्शा र वर्जित वस्तुहरूको साथ पक्रा परेको भारतीय नागरिकलाई अघिको कारबाहीको निम्ति बालुरघाट कस्टम अधिकारीहरूलाई सुम्पिएको छ।
-हिस