कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका मुर्शिदाबादको बरवानबाट तृणमूल कांग्रेसका विधायक जीवन कृष्ण साहाको समस्याहरू अझ् बढ्नेछ। यसको कारण हो, सीबीआईले उनको फोनबाट च्याट हिस्ट्री रिकवर गरेको छ। घरमा सीबीआई छापामारीमा उनले त्यस फोनलाई घरको पछाड़ी स्थित पोखरीमा फ्याँकेका थिए। उनको फोनलाई खोज्न केन्द्रिय़ एजेन्सीका अधिकारीहरूले ५२ घण्टासम्म पोखरीमा तलाशी अभियान चलाएका थिए औं दुवै फोन उद्धार गरी फोरेन्सिक जाँचको निम्ति पठाएका थिए।
अब सीबीआई सूत्रहरूले जानकारी गराएको छ, त्यस फोनबाट व्हाट्सएप, एसएमएस र कलको पूरा डिटेल निकालिएको छ। दिल्ली स्थित फोरेन्सिक यूनिटमा फोनको जाँच चलिरहेको थियो, जुन अब पूरा भएको छ। विधायकले आफ्नो फोनबाट धेरै प्रभावशाली व्यक्तिहरूसित कुरा गरेको थाहा लागेको छ, जसको रेकर्ड डिलीट गरिएको थियो। यसैले टेलीफोन अपरेटसित सम्पर्क गरी यसको पूरा डिटेल निकालिनेछ। सूत्रहरू अनुसार, जीवन कृष्णसित एक नम्बर जिओको थियो भने दोस्रो एयरटेलको। उनीसित तेस्रो नम्बर वोडाफोनको थियो। सीबीआई अधिकारीहरू यी तीनै सर्विस प्रोवाइडर्ससित सम्पर्क गर्नमा जुटेका छन्। उनको फोनबाट कसलाई कल गरियो, कस-कसको एसएमएस आयो, यी सबको डिटेल निकालिन्दैछ। यस बाहेक व्हाट्सएप च्याटको पनि जानकारी निकाल्नका लागि साइबर एक्सपर्ट्सको मद्दत लिँदैछ।
-हिस