पश्चिम बंगाल: आँधी-तूफान औ वर्षामा नौले गुमाए ज्यान, कतै बिजुलीको तार त कतै रूख बन्यो काल

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः बंगालको खाड़ीमा उठेको चक्रवाती तूफान मोचाको प्रभावबाट पश्चिम बंगालका तटीय जिल्लाहरूमा आएको आँधी-तूफान सहित वर्षाको कारणले नौजनाको ज्यान गएको छ भने कैयौं घाइते भएको जानकारी प्राप्त भएको छ। मृतकहरूको संख्या अझ बढ़्न सक्ने आशंका छ। आँधी-तूफान र वर्षा अवधि अधिकांश मानिसहरूको मृत्यु बिजुलीको तारको चपेटमा परेर वा त रूखको हाँगा भाँचिएर भएको छ। चक्रवाती तूफान मोचाले राज्यका तटीय क्षेत्रहरूमा व्यापक प्रभाव पारेको छ। राज्य आपदा प्रबन्धन विभागको सूत्रले मंगलवार बिहान यसको पुष्टि गर्दै बताएको छ, मृतकहरूमा खुशबू यादव (१२ साल) सोमवार अबेर साँझ हावड़ा शिवपुरको पीके रोय लेनबाट ट्यूशन पढ़ेर फर्किरहेकी थिइन्। यसै क्रममा चक्रवातको कारणले चुट्टिएर झरेको बिजुलीको तारको चपेटमा परेर उसको मृत्यु भयो। नदिया जिल्ला अधिनस्थ राणाघाटमा कौशिक ढालीको बैरकपुरस्थित एक पार्कमा एक व्यक्तिको मृत्यु भयो। तीव्र आँधीदेखि बँच्नको लागि रूखमुनी बसेका यी व्यक्तिको रूखको हाँगा झरेर टाउकोमा चोट लागेको मृत्यु भयो। यसै अवधि ब्यारकपुरको मोहनपुरमा नारिवलको रूखमुनी थिचिएर सरस्वती विश्वास (४० वर्ष)-को मृत्यु भयो।

यता हावड़ाको बगनानमा रजनी पाण्डेय (४२ वर्ष)-को मृत्यु तूफानकै कारणले भएको छ। आँधी-तूफानदेखि बँच्नको लागि उसले एउटा रूखमुनी शरण लिएकी थी। बागनानमा रामचन्द्र मण्डल नामक एक वृद्धको मृत्यु पनि यसरी नै मृत्यु भएको छ। तूफानको कारणले बिजुलीको तार चुट्टिएर श्यामपुर निवासी प्रसून घोषाल (१९ )- को मृत्यु भयो भने बिजुलीको खाँबो झरेर हुगली जिल्लाको पाशकुरामा अशरफ खान (५० वर्ष)-को मृत्यु भयो। यस अतिरिक्त बेलपहाड़ीमा सुकान्त महतो (६३ वर्ष) र एक वृद्धा मालती मुर्मूको मृत्यु पनि आँधीकै कारणले भयो।

रेल एवं उड़ान सेवाहरू बाधित

यसबीच मनसूनको कारणले कोलकाता सहित दक्षिण बंगालका केही जिल्लाहरूमा रेल सेवा बाधित रह्यो। दमदम अन्तरराष्ट्रीय हवाईअड्डामा पनि केही समयको लागि उड़ान सेवाहरू बाधित रहे।

मृत्युको आँकड़ा बढ़्ने आशंका

मौसम विभागको सूत्र अनुसार गए सोमवार साँझ ५:४१ बजे कालबैसाखी तूफान ८४ किमीको अधिकतम गतिले चल्न शुरू भयो। यो तूफान तीन मिनटसम्म चल्यो। साँझ छः बजेसम्म दमदम इलाकामा ६२ किमी प्रतिघण्टाको गतिले आँधी आयो। यो तूफान एक मिनटसम्म चल्यो। यसै अवधि उपरोल्लेखित मानिसहरूको मृत्यु भएको हो। मृत्युको आँकड़ा बढ़्नसक्ने राज्य आपदा प्रबन्धन विभागको सूत्रले जनाएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement