युवाहरूलाई नयाँ दिशा दिनेछ रोजगार मेलाले: स्मृति ईरानी

nat

लखनऊः केन्द्रिय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले मंगलवार इन्दिरा गान्धी प्रतिष्ठानमा आयोजित रोजगार मेलाको उद्घाटन गरिन्। यस अवसरमा आफ्नो सम्बोधन राख्दै उनले भनिन्, रोजगार मेलाले युवाहरूलाई एउटा नयाँ दिशा दिने काम गर्नेछ। यस मेलाबाट धेरैजनालाई राष्ट्रसेवा गर्ने मौका मिल्नेवाला छ। केन्द्रिय मन्त्रीले भनिन्, रोजगार मेला प्रधानमन्त्रीको संकल्प पूरा गर्ने दिशामा एउटा पहल हो। यस मेलाले रोजगार सृजन, युवा सशक्तिकरण तथा राष्ट्रीय विकासमा उनीहरूको अंशदारी सुनिश्चित गर्नको लागि उनीहरूलाई रोजगारको अवसर प्रदान गर्नमा अहम भूमिका निभाउनेछ।

सरकारले वर्ष २०२३ सम्म १० लाख युवाहरूलाई रोजगार दिने लक्ष्य निर्धारण गरेको अवगत गराउँदै केन्द्रिय मन्त्री ईरानीले भनिन्, आज उत्तर प्रदेशका लखनऊ, वाराणसी, आगरा, मुरादाबाद र गोरखपुरमा नियुक्ति-पत्र वितरण गरिँदैछ। यहाँ ३३० -जनाको जुन सूची मलाई दिइएको छ त्यहाँबाट ३८ उम्मेद्वारहरूले रायबरेली एम्समा आफ्नो सेवा प्रदान गर्नेछन्। उनले भनिन्, मानिसहरूलाई आफ्नै जिल्लामा स्वास्थ्य सुविधा उपलब्ध गराउनको लागि सरकारले काम गरिरहेको छ। रायबरेली र अमेठीका मानिसहरूको दीर्घकालीक माग थियो कि यहाँ उनीहरूको लागि उत्तम चिकित्सा व्यवस्था उपलब्ध होस्। धेरै वर्षपछि मानिसहरूको यो माग पूरा भएको छ। यसको लागि म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्न चाहन्छु।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement