मेडिकलमा डिप्लोमाको प्रस्तावमा सरकारी समितिले असहमति व्यक्त

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले इन्जीनियरिङ सरह मेडिकलमा पनि तीन वर्षको डिप्लोमाको प्रस्ताव दिएकी छन्। राज्य सरकारले यसको निम्ति विशेषज्ञ चिकित्सकहरूको एक समिति पनि बनाएको छ। तर सूत्रहरूले बताए अनुसार, त्यस समितिले नै मुख्यमन्त्रीको यस प्रस्तावलाई खारेज गरेको छ।

सूत्रहरू अनुसार, विशेषज्ञ कमिटीले आफ्नो विचारमा स्पष्ट गरेको छ, चिकित्साको काम मानिसहरूको जीवनसित जुड़ेको छ र केवल तीन वर्षको डिप्लोम कोर्समा कसैलाई पनि चिकित्सा गर्ने अनुमति दिन मिल्दैन। डिप्लोमाको कोर्स शुरू गर्न सकिन्छ तर त्यसबाट चिकित्सक नभएर सहायक तयार हुनेछ। यद्यपि, उसले कुनै दवाई लेख्न सक्नेछैन। यसका साथै यदि उसलाई ग्रामीण क्षेत्रहरूमा तैनात गर्नपरे पनि उसले चिकित्सकको सहायकको रूपमा काम गर्नसक्नेछ। यद्यपि, समितिले ३० दिनभित्र आफ्नो लिखित रिपोर्ट दिनपर्नेछ। सूत्रहरू अनुसार, लिखित रूपमा स्वास्थ्य सचिवलाई विशेषज्ञहरूको प्रारम्भिक विचारसित अवगत गराइएको छ।

उल्लेख्य, गत साता शुक्रवार मुख्यमन्त्री ममता ब्यानर्जीले सचिवालयमा समीक्षा बैठक गरेकी थिइन्। त्यही समय उनले तीन वर्षको डिप्लोमा कोर्स चालू गरी डाक्टर तयार पार्ने प्रस्ताव राखेकी थिइन्। वामपन्थ छात्र संगठन डीएसओले एक दिनअघि मात्र यसको विरोधमा प्रदर्शन गरेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement