राजधानीमा स्कूललाई बमले उड़ाउने धमकी

nat

नयाँ दिल्लीः दक्षिण दिल्लीको पुष्पविहार क्षेत्र स्थित अमृता स्कूलले मंगलवार बिहान लगभग ६.३० बजी ई-मेलमा बम विस्फोटको धम्की पायो। यसपछि अभिभावकहरूलाई सन्देश पठाएर स्कूललाई तुरन्तै खाली गराइय़ो औं नानीहरूलाई घर पठाइयो। स्कूल प्रबन्धनले यसको सूचना पुलिसलाई दियो। सूचना पाउनसाथ पुलिस र बम्बे स्क्वाड टीमले स्कूल पुगेर जाँच शुरू गऱ्यो। अहिले स्कूलमा कुनैपनि संदिग्ध वस्तु फेला परेको छैन, यद्यपि, सर्च अपरेशन अहिले जारी राखिएको छ।

कुनै स्कूललाई बमले विस्फोट गरिने धमकी दिइएको यो पहिलो घटना होइन। यसअघि पनि दिल्लीमा धेरै स्कूलहरूलाई ई-मेलको माध्यमले धमकी दिइएको छ। दक्षिण दिल्ली जिल्लाका डीसीपी चन्दन चौधरीले भने, जाँचमा केहीपनि भेटिएको छैन। यो कसैको मजाक पनि हुनसक्छ। पुलिस टेक्निकल सर्विलान्सको आधारमा ई-मेल पठाउने व्यक्तिलाई ट्रेस गर्ने प्रयास गरिरहेछ। स्कूल प्रबन्धनले जुन मेल पाएको छ, त्यसको पनि जाँच गरिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement