रोजगार मेला युवाहरूलाई सशक्त बनाउने प्रयास हो: प्रधानमन्त्री मोदी

nmodi._800

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भने, रोजगार मेला युवाहरूलाई सशक्त बनाउने तथा राष्ट्रीय विकासमा उनीहरूको अंशदारीलाई सुदृढ़ बनाउने प्रयास हो। प्रधानमन्त्रीले भीडियो कन्फ्रेन्सिङको माध्यमबाट रोजगार मेला अन्तर्गत सरकारी विभागहरूमा नवनियुक्त भर्तीहरूलाई लगभग ७१,००० नियुक्ति-पत्र प्रदान गरेपछि सम्बोधन गरिरहेका थिए।

यस अवसरमा प्रधानमन्त्री मोदीले भने, आज ७० हजारभन्दा अधिक युवाहरूलाई भारत सरकारका विभिन्न विभागहरूमा सरकारी नोकरीको नियुक्ति-पत्र प्राप्त भइरहेको छ। तपाईहरू सबैले कठोर मिहेनतको फलस्वरूप यो सफलता हासिल गर्नु भएको छ। म तपाई सहित तपाईहरूको परिवारलाई बधाई अनि शुभकामना दिन्छु।

रोजगार मेलाको आयोजन देशभरिका ४५ स्थानहरूमा गरियो। भर्तीहरू यस पहललाई समर्थन गर्ने केन्द्रिय सरकारी विभाग, राज्य सरकार तथा केन्द्रशासित प्रदेशहरूमा गरिँदैछ। देशभरिबाट चयनित नवनियुक्तहरूलाई ग्रामीण डाक सेवक, डाक निरीक्षक, वाणिज्यिक वा टिकट लिपिक, कनिष्ठ लिपिक वा टंकक, नर्सिङ अधिकारी, सहायक सुरक्षा अधिकारी, दमकल अधिकारी सहित विभिन्न पदहरूमा राखिनेछ। रोजगार मेला रोजगार सृजनलाई उच्च प्राथमिकता दिनेप्रति प्रधानमन्त्रीको संकल्पलाई पूरा गर्ने दिशामा एउटा पहल हो। मेलाबाट यो सम्भव छ कि रोजगार सृजन तथा युवाहरूको सशक्तिकरण र राष्ट्रीय विकासमा उनीहरूको अंशदारी सुनिश्चित गर्नको लागि उनीहरूलाई सार्थक रोजगारको अवसर प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement