बारामुला जिल्लामा सुरक्षाबलद्वारा महिला अनुप्रवेशकारी मारिए

a1_808

बारामुलाः जम्मू-श्रीनगरको बारामुला जिल्लाको नियन्त्रण रेखा नजिकै अवस्थित उरी सेक्टरमा भारतीय सीमामा अनुप्रवेश गरिरहेकी एक महिला सुरक्षाबलहरूद्वारा मारिए। महिलाको पहिचान हुन सकेको छैन।

सेनाका अधिकारीले मंगलवार उक्त घटनाको पुष्टि गर्दै भने, सुरक्षाबलहरूले ती महिलालाई भारतीय सीमामा प्रवेश नगर्ने चेताउनी दिँदा पनि महिला नरोकिएपछि सुरक्षाबलहरू गोली चलाउन बाध्य भए। यस घटनामा एक जुनियर कमाण्डिङ अफिसर (जेसीओ) घाइते भएका छन्। हाल घाइते कमाण्डिङ अफिसरको अस्पतालमा उपचार भइरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement