चक्रवातको प्रभावले बंगालका तटीय क्षेत्रहरूमा रातभरि पानी परिरह्यो

am_125

कोलकाताः बंगालको खाड़ीमा उठेको चक्रवाती तूफान मोचाको प्रभावले पश्चिम बंगालका तटीय क्षेत्रहरूमा लगातार पानी परिरहेछ। यसले गर्दा तापमान पनि फेरि एक पल्ट झरेको छ। मौसम विभागको तर्फबाट मंगलवार बिहान जारी बयान अनुसार, गत २४ घण्टामा कोलकातामा १५.२ मिलीमीटर वर्ष रेकर्ड गरिएको छ। यसले गर्दा न्यूनतम तापक्रम झरेर २२.१ डिग्री सेल्सियस पुग्यो, जुन सामान्यभन्दा पाँच डिग्री कम छ। एक दिनअघि रेकर्ड गरिएको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस थियो, जुन आज अझ् कम रहनेछ।

वस्तुतः सोमवार अबेर साझँ चक्रवातको प्रभावले कोलकाताका साथै हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर तथा पूर्व र पश्चिम बर्दवानमा तीव्र हावा-हुण्डरीको साथ भारी पानी परेको छ। ८४ किमी प्रति घण्टाको बेगले हावा चल्यो, जसले गर्दा सैकड़ौं रूखहरू ढले। यसका साथै भारी पानी परेकोले धेरै ठाउँ पानी जमा भयो। कोलकातामा रूख ढल्दा छह जना घाइते भए जबकि बांकुड़ा, बर्दवान र अन्य जिल्लाहरूमा पनि मानिसहरू घाइते भएको खबर छ। उत्तर २४ परगनामा रेलवे लीकहरू र ओवरहेडमा रूख ढलेको कारण लोकल ट्रेनहरूको आवाजाही राति आठ बजीदेखि नै ठप्प थियो, जुन बिहानसम्म प्रभावित छ। कोलकाताको अलीपुर, लेक गार्डेन्स, मैदान क्षेत्रमा पनि सड़कहरूमा रूख ढलेको थियो, जसलाई आज बिहान काँटेर हटाइँदैछ। पश्चिम मेदिनीपुरको समुद्र तटीय क्षेत्रहरूमा पनि भारी संख्यामा रूख ढलेका छन्, स्थानीय प्रशासनको साथ एनडीआरएफको टीमले यसलाई हटाउने काम गरिरहेछ।

-हिस

About Author

Advertisement