सड़क दुर्घटनामा एएसआई जोनमनी राभाको मृत्यु

nat

नगाउँः नगाउँ जिल्लाको मोरीकलङ्ग पुलिस चौकी प्रभारी जोनमोनी राभाको आज बिहानै एक सड़क दुर्घटनामा घटनास्थलमै मृत्यु भयो। पुलिसले जानकारी गराएको छ, एएसआई जोनमनी राभा आफ्नो कार (एएस-०१ईएन-७२७३) मा माथिल्लो असमतिर गईऱहेको थिए। उनले आफै कार चलाइरहेका थिए। उनको वाहन जोखलाबन्धामा विपरीत दिशाबाट आईऱहेको कन्टेनर (यूपी-७८यूटी-४५१८) सित ठोकियो।

दुर्घटना यति भीषण थियो कि कार पूर्ण रूपमा क्षतिग्रस्त भयो भने राभाको घटनास्थलमै मृत्यु भयो। घटनाको खबर पाउनसाथ त्यहाँ पुगेको पुलिस टीमले अथक प्रयासपछि उनको शव कारबाट बाहिर निकालेर पोस्टमार्टमको निम्ति अस्पतालमा पठायो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

ज्ञात होस्, केही महिनाअघि जोनमनी राभाले धेरै जनासित ठगी गरेको मामिलामा आफ्ना मंगेतर विरूद्ध प्राथमिकी दर्ता गराएका थिए। जसपछि उसलाई पक्राउ गरिएको थियो। उनकी मंगेतर पक्रा परेपछि, मानिसहरूद्वारा ठगीको शिकायत दिइएपछि जोनमनीलाई पनि पुलिसले पक्राउ गरी जेलमा पठाएको थियो। जेलबाट बाहिर आएपछि उनले मोरिकलङ्ग पुलिस चौकी प्रभारीको पदभार सम्हालेका थिए। हालमा उनी निक्कै खुशी देखिरहेका थिए। बिहूको कार्यक्रममा मंचमा गीत गाएको पनि देखिए। उनको आकस्मिक मृत्युले उनको गाउँ र पुलिस चौकीमा शोकको लहर दौड़ेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement