बंगालसंग संगै गरीवी र बेरोजगारबाट उन्मुक्ति हाम्रो मुख्य लक्ष्य हो: अजय एडवडार्स

Screenshot_20230516_143034_WhatsApp.jpg

दार्जीलिङ: बंगालबाट उन्मुक्ति हाम्रो लक्ष्य हो यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत टुङने गाउँ र कार्की गाउँमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले बंगालबाट उन्मुक्ति हाम्रो लक्ष्य रहेेको बताए।तिनले अघि भने बंगालसंग संगै गरीवी, बेरोजगार आदि जस्ता विषयहरू बाट पनि हामीले उन्मुक्ति पाउनु पर्छ अनि हाम्रो पार्टीले यस्तै विषयहरूमा प्रमुखताको साथ काम गर्नेछ अध्यक्ष एडवाडर्सले भने।चूनावको अवधि राजनैतिक दलको नेतृत्वहरू गाउँ गाउँ आउँछ तर चूनाव सिद्विए पछि पूनः ती गाउँहरूको अवस्था के छ? कस्तो छ भन्न समेत आउँदैन तर हाम्रो पार्टी भनेको तपाईहरूको पार्टी हो, जनताको पार्टी भएको हुनाले चूनावमा मात्र होइन चूनाव सिद्विएर पनि हाम्रो पार्टीको नेतृत्वहरूले गाउँ धरको भ्रमण गर्न छोडने छैन अध्यक्ष एडवाडर्सले भने। राजनैतिक नेताहरूले जून गाउँ एंव ठाउँहरूमा जन संख्या धेर छ,ती गाउँ र ठाउँहरूको मात्र भ्रमण गर्ने गर्छन तर हाम्रो पार्टी भनेको जनता पार्टी हो, एउटै धर मात्र भएको ठाउँमा पनि हाम्रो पार्टी उसको साच्ने विसन्चो बुझन पूग्नेछ जातिलाई माया गर्न पूग्नेछ एडवाडर्सले भने। गोर्खालाई वीर भनेर आन्दोलनमा होमाउने कार्यहरू मात्र गरयो तर गोर्खाेको पीर बुझने काम आजसम्म कुनै राजनैतिक पार्टी अनि नेतृत्वहरूले गरेको छैन, विकाशको निम्ति जमीन दिनु तयार छ तर विकाश गर्नलाई सरकार नै आउँदैन तर अफसोस मिमी, वाइवाइ आदि जस्ता कम्पनीहरू आई पूग्छ भन्दै अध्यक्ष एडवाडर्सले खेद प्रकट गरयो। तिनले अधि भने हाम्रो पार्टी आन्दोलनको रापमा जन्मिएको पार्टी होइन, हाम्रो पार्टी भनेको जनताको सेवा गरेर जन्मिएको पार्टी एंव परिवार हो। आन्दोलनमा जन्मिएको पार्टी मकै भूटेको जस्तो बटटट फूल उठेको पार्टी होइन।हामीलाई बंगाल बाट मात्र उन्मुक्ति चाहिएको होइन, गरीवी, बेरोजगार आदि जस्ता विषयहरूबाट पनि उन्मुक्ति चाहिएको छ अध्यक्ष एडवाडर्सले भने। चालिस सालको अन्तरालमा नेताहरूले आफ्नो क्षमता बडाउने, पैसा कमाउने आदि जस्ता विषयहरूमा मात्र ध्यान दिए। गत धेरै बर्ष अधि नै पहाडमा पंचायत चूनाव हुन पर्ने हो तर यस विषयमाथि नेताहरूले ध्यान दिएनन।पहाडमा पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा हुन पर्ने विकाशको कामहरू भएको छैन।महात्मा गाधीले ग्रामिण क्षेत्रहरूको विकाश गर्नलाई पंचायती राजको सपना देखेका थिए अनि देशभरी नै पंचायती ब्यवस्थाको शुरूवात गरिएको थियो। पहाडमा पंचायती ब्यवस्था नभएको कारणले गर्दा ग्रामिण क्षेत्रहरूमा विकाश पूग्न सकेको छैन, बाटोको अभावको कारणले गर्दा दुई जना महिलाहरू सत्केरी पिडाको कारणले गर्दा बाटोमा नै प्राण गुमाउने परेको मैले आज स्थानीय मानिसहरूको मुखबाट सूने यो भन्दा पिडा दायक घटना अरू के हुन सक्छ भन्दै एडवाडर्सले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement