५ विकेटको साथ २५ भन्दा अधिक रन पनि बनाउने दोस्रो क्रिकेटर बने भुवनेश्वर कुमार

IMG-20230516-WA0100.jpg

१६ मईः सनराइजर्स हैदराबादका पेस बलर भुवनेश्वर कुमारले गुजरात टाइटन्स विरुद्ध सोमवार खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा ५ विकेट लिनको साथै ब्याटिंग गर्दै २७ रन पनि बनाए। यसरी उनी आईपीएलको इतिहासमा एउटा म्याचमा ५ विकेट लिनको साथै २५ भन्दा अधिक रन बनाउने केवल दोस्रो क्रिकेटर बने। यसअघि चेन्नई सुपर किंग्सका रविन्द्र जडेजाले २०१२-मा वाइजेग मैदानमा यस उपलब्धिलाई हासिल गरेका थिए। त्यस समय जडेजाले पहिला ब्याटिंग गर्दै ४८ रन बनाएका थिए अनि पछिबाट १६ रन खर्च गरी ५ विकेट पनि हासिल गरेका थिए। आईपीएलमा भुवनेश्वरले आईपीएलमा दोस्रोपल्ट एउटा ईनिंग्समा ५ विकेट लिएका छन्। जयदेव उनादकट र जेम्स फकनरले पनि यस उपलब्धिलाई हासिल गरिसकेका छन्। सनराइजर्स हैदराबादको तर्फबाट अहिलेसम्म ३ पल्ट बलरहरूले ईनिंग्समा ५ विकेट हासिल गरेका छन्। ईनिंग्समा सर्वाधिकपल्ट ५ विकेट हासिल गर्ने मामिलामा मुम्बई इण्डियन्सका बलरहरू शीर्ष स्थानमा छन्।
म्याचमा ५ विकेट हासिल गरेपछि भुवनेश्वरले भने, ईनिंग्सको १६औं ओभरसम्म त हामीलाई उनीहरूले २०० भन्दा अधिकको स्कोर बनाउने लागेको थियो तर मेरो अन्तिम २ ओभर असल रह्यो। मैले ठूलो बाउण्ड्रीजको हिसाबले बलिंग गरे। शुभमन आउट हुँदा चाहिँ हामीलाई सोचेको भन्दा १० रन कम्ती लक्ष्य हासिल हुने लाग्यो। उनीहरूले गुच्छामा विकेट गुमाए। म्याचमा गुजरात टाइटन्सको तर्फबाट पनि मोहम्मद शमी र मोहित शर्माले ४-४ विकेट लिए। आईपीएलमा कुनै एउटा टीमका दुईजना बलरले ४-४ विकेट हासिल गरेको यो तेस्रोपल्ट हो। यसअघि २०१२-मा मुम्बईको निम्ति मुनाफ पटेल र कायरन पोलार्ड तथा २०१५-को सीजनमा मिचेल स्टार्क र एस अरविन्दले यस्तो गरेका थिए। यसरी नै म्याचमा शुभमन गिलले बी साई सुदर्शनसँग मिलेर दोस्रो विकेटको निम्ति १४६ रनको पार्टनरशीप गरे। यो गुजरातको निम्ति सबैभन्दा ठूलो पार्टनरशीप हो। यसअघि गिल र रिद्धिमान साहाले ओपनिङ्ग जोड़ीको रूपमा १४२ रनको पार्टनशीप गरेका थिए। गुजरातको तर्फबाट आईपीएलमा अहिलेसम्म १०० भन्दा अधिकको ५ वटा पार्टनरशीप भएको छ अनि यसमा ४ वटामा शुभमनको नाम सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement