विधायक ढुङ्गेलद्वारा एसजेवाईए घरको उदघाटन

IMG-20230515-WA0328.jpg

गान्तोक: अप्पर तादोङ निर्वाचन क्षेत्र अन्तर्गत लुम्सेमा आज क्षेत्र विधायक जीटी ढुङ्गेलले सिक्किम गरीब आवास योजना अन्तर्गत निर्मित घरको उदघाटन गरे। उदघाटन पछि उक्त घर खिलोन राईलाई हस्तान्तरण गरे। उल्लेखनीय छ, वर्तमान सरकारले घरबिहिन मानिसहरूलाई १७ लाख ५३ हजारको लागतमा पक्का घर निर्माण गर्दै आइरहेको छ भने सरकारले ३०५० वटा घर बनाउने लक्ष्य राखेको छ। विशेष गरेर राज्यका गरीब जनताले पनि पक्का घरमा बस्न पाउनुपर्छ भन्ने सोंच लिएर एसकेएम सरकारले सिक्किम गरीब आवास योजना शुरू गरेको हो। पहिलो चरणमा ३०५० वटा घर बनाउने लक्ष्य राखेको छ भने यसको निर्माण कार्य पुरा भएपछि पूनः दोस्रो चरणको योजना शुरू गरिने भएको छ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक जीटी ढुङ्गेलले सिक्किम गरीब आवास योजना अन्तर्गत तादोङ निर्वाचन क्षेत्रमा ३० वटा घर निर्माण भइसकेको छ भने सिक्किम शहरी आवास योजना अन्तर्गत ९५ वटा घर निर्माण हुने भएको छ जसमध्ये २० वटा घरको निर्माण कार्य पुरा भएको र रहलको निर्माण कार्य युद्धस्तरमा चलिरहेको उनले बताए। उनले जानकारी गराए अनुसार तादोङ निर्वाचन क्षेत्रमा विभिन्न क्षेत्रमा विकास भएको दाबी गरे। विशेष गरेर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा यी सबै कामहरू सम्भव भएको बताए। यस निर्वाचन क्षेत्रमा हाल विभिन्न पार्टीहरूले कार्यालय खोलिसकेको छ, तर चुनाउमा जनताले काम हेरेर निर्णय लिने बताए। प्रजातन्त्रमा सबैलाई पार्टी खोल्ने अधिकार छ तर जनताले भने पार्टीको गतिविधि देखेर आफ्नो बहुमूल्य मत दिइने उनले अवगत गराए। यसरी नै हाल अप्पर तादोङ निर्वाचन क्षेत्रमा विभिन्न पार्टीले कार्यालय स्थापना गरिसकेको छ भने त्यसमा अझ एउटा टोपी थपिएको र त्यसले आफ्नो पार्टीलाई कुनै फरक नपर्ने स्पष्टरूपमा बताए। उनले स्थानीयहरूलाई दिनमा एउटा पार्टी र रातमा अर्को पार्टीमा नजाने सुझाउ दिए। वर्तमान सरकारले पूर्व सरकारले गर्न नसकेको कामहरू गरेर उदाहरण प्रस्तुत गरेको हुनाले सबैले सहुलियत पाउने र यसमा धेर्य राख्नु पर्न आग्रह गरे।

यसै क्रममा सामाजिक कार्यकर्ता एवम पार्टीका शुभचिन्तक दिले नामग्याल बरफुङ्पाले यस निर्वाचन क्षेत्रका जनताले राम्रो विधायक पाएको बताउँदै सबैले साथ दिनु पर्ने आग्रह गरे। वर्तमान विधायक ढुङ्गेलले पूर्व सरकारले २५ वर्षसम्म गर्न नसकेको कामहरू छोटो अधिमा गरेर देखाएको बताए। यसरी नै वर्तमान सरकारले स्वास्थ्य, शिक्षाको क्षेत्रमा उदाहरणीय कार्य गरेको सबैलाई अवगत भएको जनाए। यसर्थ आगामी २०२४ मा सम्पन्न हुने चुनाउमा यस पार्टीलाई सबैले जिताउनु पर्ने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *