राज्य सरकारले केन्द्रीय योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरेकोमा केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुवास सरकार सन्तुष्ट

IMG-20230515-WA0327.jpg

पाकिम: तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुवास सरकारले केन्द्रीय योजनाहरू राज्य सरकारले सफलतापूर्वक कार्यान्वयन गरेकोमा खुशी प्रकट गरेका छन्।

आज पाकिममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले सिक्किमको भौगोलिक अवस्था देखेर विभिन्न चुनौती रहेको बताए। तर यस्ता चुनौतीहरूबीच पनि राज्य सरकारले सबै योजनाहरू कार्यान्वयन गरेकोमा उनले सन्तुष्ट प्रकट गर्दै आफू प्रभावित बनेको जानकारी गराए।

भ्रमणको अन्तिम दिन आज उनले पाकिम जिल्लाअन्तर्गत सञ्चालित सरकारी विद्यालय, सामुदायिक शौचालयहरू, जिल्ला अस्पतालको पनि निरीक्षण गरे। यससँगै उनले कृषि क्षेत्रमा पद्मश्री पुरस्कारले सम्मानित बयोवृद्ध कृषक तुलाराम उप्रेतीसँग अनि राज्यमै सर्वाधिक दूध उत्पादक मीना राईसँगको भेट गरेको अवगत गराए। स्मरण रहोस्, कृषक मीना राईले प्रतिमहिना दूधबाट सब्सिडी मात्र ७५ हजार रुपियाँ सरकारबाट प्राप्त गर्छन्। १० वटा गाईबाट दूध उत्पादन शुरु गरेकी मीनाकोमा हाल १०० वटा गाई अनि तीनवटा भैंसी छन्। यो खुबै प्रेरणादायी रहेको केन्द्रिय राज्यमन्त्री सरकारले विचार पोखे। यसरी नै यहाँ ट्राउट माछाको खेती पनि उल्लेख्य रहेको बताए। प्रधानमन्त्री ग्रामीण सड़क योजनाका कार्यहरू तीव्रतासँग भइरहेको उल्लेख गर्दै यसबारे सन्तुष्टि व्यक्त गरेका छन्।

केन्द्र सरकारले पूर्वोत्तर राज्यहरूको सर्वाङ्गीण विकासमा ध्यान दिइरहेको उल्लेख गर्दै विविध योजनामार्फत मानिसहरूलाई लाभान्वित बनाउने कार्य गरिएको जानकारी गराए।

केन्द्र सरकारको नयाँ शिक्षा नीति अन्तर्गत सरकारले प्रभावकारी ढंगमा शिक्षा व्यवस्थालाई विकसित बनाउने पहल शुरू गरिसकेको पत्रकारहरूलाई बताए।

पत्रकार सम्मेलनमा केन्द्रिय राज्यमन्त्रीसँग पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चा, गान्तोकका विधायक वाई टी लेप्चा लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *