टाक्सी इन्टरनेशनल स्कूलका विद्यार्थीहरू माइन्स एण्ड जुलोजीको भ्रमणमा

IMG-20230515-WA0326.jpg

गान्तोक: फिल्ड भिजिटको क्रममा टाक्सी इन्टरनेशनल स्कूलका विद्यार्थीहरूले राज्य सरकारको माइन्स एण्ड जुलोजी विभागको भ्रमण गरे।सिक्किम हिमालयको भूविज्ञानको परिचय यसका विभिन्न पक्षहरू सहित भूस्खलन र विभिन्न भूवैज्ञानिक विशेषताहरू, जियोलोजिकल टाइम स्केलबारे विभागका संयुक्त निर्देशक केके लुइटेलले दिएका थिए।

विद्यार्थीहरू चट्टान र खनिजहरूबारे जानकारी हासिल गर्ने उद्देश्यले उत्सुक रहेका थिए भने विद्यार्थीहरूको इच्छालाई पुरा गर्नको निम्ति विभागका भूगर्भशास्त्रीहरूले खानी तथा भूगर्भ विभागको मिनी संग्रहालयको भ्रमणमा लगेका हुन्। विभागको संग्रहालयमा उपलब्ध विभिन्न चट्टान, खनिज, अयस्क, जीवाश्म र अर्ध बहुमूल्य ढुङ्गाहरूसँग उनीहरूलाई जानकारी गराइयो।

भ्रमणमा आएका शिक्षक तथा विद्यार्थीहरूले खानी तथा भूविज्ञान विभागका सचिव, निर्देशक र भूगर्भविद्को सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement