आईपीएल २०२३: प्लेअफ्-मा पुग्ने पहिलो टीम बन्यो गुजरात टाइटन्स

IMG-20230515-WA0335.jpg

१५ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६२औं म्याचमा गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गऱ्यो। यस जीतको साथै हार्दिक पाण्ड्याको कप्तानीमा रहने गुजरात टाइटन्स आईपीएल २०२३-को प्लेअफ्-मा स्थान बनाउने पहिलो टीम बन्यो। आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहने टाइटन्ससँग अहिले १२ वटा म्याचमा १८ पोइण्ट रहेको छ। अहमदाबादमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो। ओपनर शुभमन गिलले १३ वटा चौका र एउटा छक्काको साथ ५८ बलमा सर्वाधिक १०१ रन बनाए। यसबाहेक साई सुदर्शनले ४७ रनको योगदान दिए। सनराइजर्सका बलरहरूमा भुवनेश्वर कुमारले सर्वाधिक ५ विकेट लिए। जवाफमा सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। शीर्ष क्रमको अझ एउटा फ्लप शो बीच हेनरिक क्लासेनले ४ वटा चौका र ३ वटा छ्क्काको साथ ४४ बलमा सर्वाधिक ६४ रन बनाए। यसबाहेक भुवनेश्वर कुमारले २७ र मयंक मार्कण्डेले अविजित १८ रनको योगदान दिए। गुजरात टाइटन्सका बलरहरूमा मोहम्मद शमी र मोहित शर्माले ४-४ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *