मणिपुरको क्षेत्रीय अखण्डतासित कुनै समझौता गरिने छैन: एन बीरेन सिंह

00-1-Manipur-CM-Chief-MinisterN-Biren-Singh

नयाँ दिल्ली: मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले सोमबार कुकी बाहुल जिल्लाहरूको लागि छुट्टै प्रशासनको मागलाई खारेज गरिदिए। उनले भने, ‘राज्यको क्षेत्रीय अखण्डतासित कुनै समझौता गरिने छैनl’ पूर्वोत्तर राज्यको कुकी बहुल जिल्लाहरूको लागि अलग्गै प्रशासन गठन गर्नुपर्ने दशजना विधायकहरूको मागमाथि प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री सिंहले भने, ‘मणिपुरको क्षेत्रीय अखण्डताको हरेक मूल्यमा रक्षा गरिनेछl’

उल्लेखनीय छ, मणिपुरमा बहुसंख्यक मेइती समुदाय र कुकी-जोमी जनजातिबीच झड़प भएको थियो जसमा लगभग ६० जनाले ज्यान गुमाएका थिए। राज्यका ७ देखि १० विधायकहरूले राज्यका कुकी बाहुल जिल्लाहरूको लागि पृथक प्रशासन प्रशासनको माग गरेका थिए जसलाई मुख्यमन्त्रीले खारेज गरिदिएका छन्। राज्यको स्थितिबारे जानकारी दिनको लागि मुख्यमन्त्री सिंह आफ्ना चार वरिष्ठ मन्त्रीहरूका साथमा दिल्ली पुगेका थिए भने हिजो उनीहरूले गृहमन्त्री अमित शाहसित भेट गरिसकेका छन्। स्रोतका अनुसार झड़पपछि सृजित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै भाजपाका केन्द्रिय नेतृत्वले मुख्यमन्त्री सिंहलाई दिल्ली बोलाएका थिए। राज्यमा नेतृत्व परिवर्तनको माग तीव्र गतिमा उठिरहेको छ। विशेष कुकी विधायक र यस समुदायले यसको माग गरिरहेका छन्। पार्टी नेतृत्वले अहिलेसम्म यस मामिलामा कुनै फसेला लिएको छैन। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *