सिक्किम विश्वविद्यालयका दुई विद्यार्थी निलम्बित

WhatsApp-Image-2020-12-28-at-2.30.25-PM.jpeg

गान्तोकः विभिन्न मागलाई लिएर गत १० मईका दिन भएको विरोध प्रदर्शनमा संलग्न दुई विद्यार्थीलाई सिक्किम विश्वविद्यालयले निलम्बन गरेको छ। निलम्बित विद्यार्थीहरूमा राजनीतिक विज्ञान विभागको चौथो सेमिस्टारका विद्यार्थी देवराज छेत्री र हिन्दी विभागमा चौथो सेमिस्टारका विद्यार्थी कन्भर अखण्ड प्रताप सिंह रहेका छन्।

दुवैजना विद्यार्थीको निलम्बनका लागि विश्वविद्यालयको हिन्दी विभाग र राजनीतिक विज्ञान विभागले निकालेको निलम्बन आदेश अनुसार अनुशानात्मक समितिको रिपोर्ट नआएसम्म अथवा विश्वविद्यालयले अर्को सूचना नलिकालेसम्म यी दुवै विद्यार्थी निलम्बित रहनेछन्। १० मईका दिन भएको विरोध प्रदर्शनका समय यी दुईजना विद्यार्थीले देखाएको व्यवहारका कारण तत्काल प्रभावका साथ निलम्बन गरिएको बताइएको छ। अर्कोतर्फ दुईजना विद्यार्थीको निलम्बनपछि सिक्किम विश्वविद्यालयको विद्यार्थी सङ्गठनले भोलि १६ मईका दिन एउटा आपतकालिन बैठक डाकेको छ, जसमा विद्यार्थीको निलम्बन, १० मईका दिन भएको विरोध प्रदर्शन र क्यान्टिनको स्थानलाई लिएर छलफल हुने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *