मणिपुरः हिंसाग्रस्त क्षेत्रबाट असम राइफल्सद्वारा दुई दिव्याङ्ग उद्धार

00-1-Manipur-Violence

इम्फाल: मणिपुरमा कुकी-मैतेईको हिंसाले मणिपुरका मानिसहरूको जनजीवन प्रभावित भएको छ। हिंसादेखि आफूलाई बचाउनका लागि जंगलमा लुकेका दुई दिव्याङ्गलाई असम राइफल्सका जवानहरूले उद्धार गरेका छन्। असम रायफल्सको स्रोतहरू अनुसार, गत १३ मईमा असम राइफल्सको मरम बटालियनलाई दुई वृद्ध व्यक्ति जंगलमा लुकेको खबर प्राप्त भएको थियो। यसपछि महानिरीक्षक असम राइफल्स (पूर्व) अधीन ज्वालामुखी सेक्टरको मरम बटालियनले कुकी बहुल मोरोन गाउँबाट दुई मैतेई व्यक्तिलाई बचाएर सुरक्षित निकाल्यो।

दुई व्यक्ति लगभग ७५ वर्षका छन् र यसमध्ये एक बहिरो र दोस्रो आंशिक रूपमा अन्धो छ। यी दुवै मणिपुर राज्यमा हिंसाअघि दाउरा काट्न मोरोन गाउँ गएका थिए। त्यसै बेलादेखि उनीहरू ज्यान बचाउनका लागि जंगलमा लुकेका थिए। गाउँलेहरूले दुवैको उद्धारको निम्ति असम राइफल्सलाई धन्यवाद दिएका छन्। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *