चण्डीगढ़: कर्नाटक चुनावमा बजरंग दलमाथि बयानबाजी गरेका कारणले कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गे संकटमा परेका छन्। पंजाबको संगरूर अदालतले उनलाई १०० करोड़ रुपियाँको मानहानिको मुद्दामा समन जारी गरेको छ। संगरूर सिभिल जज (सीनियर डिभीजन) रमनदीप कौरको अदालतले खड़गेलाई आउँदो १० जुलाईमा अदालतमा पेश हुने आदेश दिएको छ। हिन्दू सुरक्षा परिषद बजरंग दल हिन्दका फाउण्डर हितेश भारद्वाजले कोर्टमा दर्ता पिटीशनमा भनेका छन्, ‘कर्नाटक विधानसभा चुनाव अवधि मल्लिकार्जुन खड़गेले बजरंग दलको तुलना देश विरोधी शक्तिहरूसित गरेl’ हितेशअनुसार खड़गेले भनेका थिए, ‘जहिले पनि कंग्रेसको सरकार आएपछि बजरंग दल र यो जस्तो अन्य देश विरोधी संगठनहरूले समाजमा घृणा फैलाउन थाल्छन्l’ पिटीशनकर्ताले यसलाई बजरंग दलप्रति अपमानजनक टिप्पणीको संज्ञा दिएका छन्। -हिस










