गान्तोकः सिक्किम भवन तथा अन्य निर्माण मजदूर (बीओसीडब्ल्यू) कल्याण बोर्डको ४५औं बैठक आज श्रम भवनको सम्मेलन हलमा आयोजन गरियो। बैठक श्रम विभाग मन्त्री लोकनाथ शर्माको अध्यक्षतामा गरियो। उनी बोर्डका अध्यक्ष पनि हुन्।
बैठकमा सडक एवं पुल विभाग, श्रम विभाग र वित्त विभागका अधिकारीहरू तथा ग्रेफ, एनएचपीसी र अन्य प्रतिष्ठानहरूका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा बोर्डको ४४औं बैठकको कार्य रिपोर्ट प्रस्तुत गरियो भने त्यसमाथि समीक्षा पनि गरियो।

यसैगरी, बैठकमा बीओसीडब्ल्यू अधिनियम, १९९६ अन्तर्गत मजदूरहरूका लागि कल्याण योजना, मुख्यमन्त्रीले गत मई दिवसमा गरेको घोषणा अनुरूप बीओसीडब्ल्यू नियममा संशोधन, छुट्टै बीओसीडब्ल्यू बोर्ड कार्यालय निर्माण आदि विषयहरूमाथि पनि चर्चा गरियो। मन्त्री शर्माले मजदूरहरूको कल्याणका लागि विभिन्न सुझाउहरू दिएका थिए।