मुख्यमन्त्रीले ४८औं राज्य दिवसको अवसरमा दिए राज्यवासीहरूलाई बधाई एवं शुभकामना

IMG-20230306-WA0295.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले ४८औं राज्य दिवसको अवसरमा सिक्किमका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। यस दिनले हाम्रा पुर्खाहरू, संस्थापक पिताहरू र प्रजातन्त्रका अग्रगामीहरूको दूरदृष्टि र दृढ संकल्पलाई दर्साउॅंछ जब उनीहरूले लोकतान्त्रिक संरचनालाई आकार दिन नेतृत्व प्रदान गरे अनि सिक्किमलाई भारतीय संघको २२औं राज्य बन्ने यात्राको रूपरेखा तयार गरे भनी उनले आफ्नो सन्देशमा बताएका छन्। मुख्यमन्त्रीले भनेका छन्, राज्य दिवस हामीले के हासिल गऱ्यौं र के हासिल गर्न बाँकी छ भनेर आत्मनिरीक्षण गर्ने अवसर हो। यसले हामीलाई पछाडि फर्केर हेर्ने र विकासको प्रक्रियामा हाम्रा जनताको भावुक योगदानलाई मान्यता दिन सक्ने प्रगतिमा गर्व गर्ने सम्भावना दिन्छ। विगत दशकहरूमा राज्यले देखेको अभूतपूर्व विकास र रूपान्तरणले यस लोकतान्त्रिक रूपान्तरणको विशेषतालाई सहेको छ। सिक्किमले आज केन्द्र सरकारसँग मिलेर प्रगति र समृद्धिको उच्च उचाइहरूमा आफ्नो यात्रा तय गर्न काम गरिरहेको उनले बताएका छन्।

उनले आफ्नो सन्देशमा कोभिडको समयमा पनि राज्यले उल्लेखनीय काम गरेको, केन्द्र सरकारको सहयोगमा युक्रेनमा फसेका सिक्किमे विद्यार्थीहरूलाई फिर्ता ल्याउन काम गरेको र हालैमा अपरेशन गुरासॅं अन्तर्गत मणिपुरबाट १४८ सिक्किमे विद्यार्थीलाई फिर्ता ल्याउन सक्षम बनेको जानकारी गराएका छन्। वर्तमान सरकारले शुरू गरेका विभिन्न कार्यक्रम र योजनाहरूमाथि प्रकाश पार्दै उनले यस महत्वपूर्ण अवसरमा सिक्किमका पूर्व मुख्यमन्त्रीहरूप्रति सम्मान व्यक्त गरेका छन्। वर्तमान सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको जानकारी गराउॅंदै मुख्यमन्त्रीले नाम्ची, सिङ्ताम, मंगन र सोरेङमा अत्याधुनिक सुविधासहितका अत्याधुनिक अस्पताल स्थापना भइरहेको बताएका छन्। उनले सिक्किमलाई शैक्षिक हब बनाउन इमानदारीपूर्वक काम गरिरहेको पनि अवगत गराएका छन्। उनले आफ्नो सन्देशमा सिक्किमलाई प्रदान गरिएको सबै सहयोगका लागि प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय क्याबिनेट मन्त्रीहरू र केन्द्र सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। यसैगरी, उनले सिक्किमका सबै पूर्व राज्यपालहरू, क्याबिनेट मन्त्रीहरू र विधायकहरूको योगदानको कदर गर्दै सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद, क्याबिनेट मन्त्रीहरू र विधायकहरूलाई पनि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement