नक्सलबारी: हात्तीको हमलामा एउटा घर क्षतिग्रस्त बनेको छ। घटना नक्सलबारीको केटुगाबुर जोत इलाकामा भएको हो। प्राप्त जानकारीअनुसार आज बिहानै हात्तीको एउटा झुण्ड केलाबारी जङ्गलबाट निस्केर आवासीय इलाकामा पसेर भोजनको खोजीमा एउटा घरमा ताण्डव मच्चाउँदा घर क्षतिग्रस्त बनेको बताइएको छ। तथापि, घरमा मानिसहरूले कुनै प्रकारले आफ्नो ज्यान बचाउन सफल बने तापनि हात्तीको झुण्डले मच्चाएको ताण्डवले गर्दा परिवारका सदस्यहरू डराइरहेका छन्।