राज्य दिवसमा भाजपाको शुभकामना

IMG-20230516-WA0004.jpg

गान्तोक: ४९औं राज्य दिवसको पूर्व संध्यामा भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईले सम्पूर्ण सिक्किमवासीलाई शुभकामना व्यक्त गरेको छ। १६ मई, १९७५ को दिन सिक्किम वैधानिक रूपमा भारतीय गणतन्त्रमा २२औं राज्यको रूपमा विलय भएर विश्र्वकै सर्ववृहत गणतान्त्रिक देशमा ४८ वर्षको प्रजातान्त्रिक यात्रा पूरा गरिसकेको उल्लेख गरेको छ। प्रदेश भाजपाले सन्देशमा उल्लेख गरेअनुसार विगत ४८ वर्षको यात्रामा सिक्किमले भारतको राष्ट्रिय मूलधारामा सामेल भएर देशको प्रजातान्त्रिक मूल्य र मान्यतालाई शीरोपर गर्दै सर्वाङ्गीण विकासको लामो खुड्किलो पार गरिसकेको छ भने सिक्किमवासीले पनि आफ्नो अस्तित्व र सांस्कृतिक मूल्य-मान्यतालाई कायम राख्दै देशको संवैधानिक अधिकारहरूको उपभोग गर्नका साथै संवैधानिक कर्तव्यलाई पनि कटिबद्धताका साथ पालन गर्दै आएको छ। तीनवटा छिमेकी राष्ट्रहरूले घेरिएको सिक्किम राज्यले विगत ४८ वर्षमा शान्ति श्रृंखला कायम गरेर देशभक्तिको सर्वोत्तम उदाहरण पेश गर्दै भौतिक विकासकार्यलाई अघि बढ़ाइरहेको भनाइ छ। यसै गरी देशले पनि सिक्किमको निम्ति संवैधानिक, सांस्कृतिक तथा आर्थिक सुरक्षा सुनिश्र्चित गर्दै आएको छ। हिमाली राज्य सिक्किमको अस्तित्वको निम्ति सुरक्षा कवजको रूपमा संविधानको धारा ३७१एङ्ग को विशेष प्रावधान अन्तर्गत सिक्किमका पुराना कानूनहरू साथै सांस्कृतिक मूल्य र मान्यताहरूको सुरक्षा सुनिश्र्चित गरिएको उल्लेख भाजपाले गरेको छ। यसै गरी सिक्किमको सर्वाङ्गीण विकासको निम्ति भारत सरकारले पूर्ण प्रतिबद्धताका साथ योगदान गर्दै आएको दाबी गर्दै राज्य दिवसको अवसरमा सिक्किमको प्रजातान्त्रिक व्यवस्था अझ विकसित र पारदर्शी बन्दै जावोस्‌ भन्ने कामना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement