मरिशसका राष्ट्रपति पृथ्वीराजसिंह रूपनले धर्मपत्नीसित दक्षिणेश्वर मन्दिरमा गरे पूजा

फोटो स्रोत: सोसियल मिडिया

कोलकाता: आफ्नो तीन दिवसीय यात्राअन्तर्गत कोलकाता आइपुगेका मरिशसका राष्ट्रपति पृथ्वीराजसिंह रूपनले सोमबार प्रसिद्ध दक्षिणेश्वर मन्दिरमा पूजा-अर्चना गरे। उनको साथमा भारतीय जनता पार्टीका पूर्व राज्यसभा सांसद स्वपन दासगुप्ता पनि उपस्थित थिए। आफ्नी धर्मपत्नीसित उनले दक्षिणेश्वर मन्दिरमा पूजा-अर्चना गरेपछि लगभग ४५ मिनटको समय यहाँ बिताए। मन्दिरका अक्षी कुशल चौधरीले यहाँ उनलाई स्वागत जनाए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement