पक्रा परेका नेपालका पूर्व उपप्रधानमन्त्री रायमाझीलाई अदालतमा पेश गरियो

00-1-Top-Bahadur-Raimajhi-1

काठमाडौं: नेपलाका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउपछि अदालतमा पेश गरिएको छ। आइतबार राति रायमाझीलाई काठमाडौंबाट पक्राउ गरिएको हो। नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं ठगीको आरोप छ। उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले दुई हप्ता अघि नै पक्राउ गरेको थियो। यो घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको जालो तोड्दै पुलिसले हाइप्रोफाइललाई धमाधम पक्राउ गरेको छ। अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन्। केही व्यक्ति फरार रहेका छन्। नक्कली शरणार्थी प्रकरणमा दशौं करोड ठगीको उजूरी परेपछि नेपाल पुलिसले छानबिन गरिरहेको छ। यो विषय सडकदेखि सदनसम्म चर्किएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement