दुईवटा वाहन आपस्तमा ठोक्किँदा एकजना चालकको मृत्यु

IMG-20220621-WA0262.jpg

नाम्ची: आज बिहान दुईवटा वाहन आपस्तमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान नाम्ची बजारको पेट्रोल पम्प नजिक एउटा बोलेरो वाहन ट्याक्सीसित ठोक्किँदा बोलेरो वाहनका चालक सुरज राई गम्भीर रूपमा घाइते हुनको साथै वाहन पल्टिएर क्षतिग्रस्त बन्न पुगेको छ। दुर्घटनापछि गम्भीर घाइते अवस्थामा चालक सुरज राईलाई नाम्ची अस्पतालमा पुऱ्याइए तापनि त्यहाँ तिनको मृत्यु भएको बताइएको छ। यसैगरी, ट्याक्सी चालक निम्साङ शेर्पा पनि सामान्य रूपमा घाइते भएका छन् भने तिनको हाल अस्पतालमा उपचार चलिरहेको छ। नाम्चीको गान्तोक रोडमा आज दिउँसो भएको उक्त दुर्घटनामा बोलेरो वाहन सडकदेखि तल खसेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement