सिटिजन एक्सन पार्टी प्रमुखको बयानमाथि खनियो एसकेएम किसान मोर्चा

IMG-20230516-WA0002.jpg

गान्तोकः विपक्षी दल सिटिजन एक्सन पार्टीका प्रमुखले आफ्नो सरकार बनेको खण्डमा कृषि अनि बागवानी कार्यालयलाई हटाउने कुरा सामाजिक सञ्जालमा आएपछि यस बयानलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको किसान मोर्चाले तीब्ररूपमा खण्डन गरेको छ। आज पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा एसकेएम पार्टी किसान मोर्चाले यस उक्त बयानको खण्डन गरेको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै किसान मोर्चा अध्यक्ष पदम शर्माले राज्यमा अहिले किसानहरूको जीवनस्तर बढोत्तरी गर्नको निम्ति सरकारले विभिन्न योजनाहरू शुरू गरिरहेको जानकारी गराए। सरकारले किसान, गाई पालक अनि पशु पालकहरूलाई प्रोत्साहान दिने कार्य देशमानै उदहरणीय रहेको रहेको उनले दावी गरे। किसानहरूले भोग्नु परिरहेको हरेक समस्यालाई वर्तमान सरकारले सम्बोधन गरिरहेको पनि उनले किटान गरे।

हालैमा गाईमा पाइएको बिरामीलाई ध्यानमा राखेर पनि गाईलाई भ्याक्सिन लगाउने कार्य विभागले गरिरहेको शर्माले जानकारी गराए। किसानहरूको भावनासँग जोडिएको कृषि भवन नै आफ्नो सरकार आएको खण्डमा हटाउँछु भन्नु सिटिजन एक्सन पार्टीका प्रमुख मूर्ख ठहरिएको उनले किटान गरे। कृषि कार्यालयमा के कस्ता कार्य हुन्छ त्यो उनलाई थाहा नभएको पनि उनले बताए। किसान मोर्चाले विभागको सह कार्यमा छिट्टै राजधानी अनि वरिपरिको क्षेत्रहरूमा रेगुलेट मार्केटको स्थापना गर्ने पनि उनले जानकारी गराए। यसको स्थापनापछि राज्यका किसानहरूले व्यापक फाइदा पाउने उनको भनाइ रहेको छ। सिटिजन एक्शन पार्टीका प्रमुखको यस्तो बयानले राज्यका किसानहरू आतंकित बनेर सडकमा आए यसको जिम्मेवारी उनी स्वयं हुने उनले थप बताए। आजको पत्रकार सम्मेलनमा उपाध्यक्ष सीपी भट्टराई, संयुक्त सचिव प्रेमकुमार छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement