के-लीगः हिमालश्री एथलेटिक क्लबको पहिलो जीत

photocollage_2023515192529132.jpg

१५ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा हिमालश्री एथलेटिक क्लबले जीतको खाता खोल्यो । स्थानीय मेला ग्राउण्डमा सोमवार खेलिएको म्याचमा हिमालश्री एथलेटिक क्लबले गोरुबथान एफसी-लाई ४-२-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट डेण्डुप भूटियाले ११औं र ५८औं मिनटमा २ गोल गरे। यसबाहेक हर्क भुजेलले २०औं र अर्पित छेत्रीले २८औं मिनटमा गोल गरे। यसरी गोरुबथान एफसी-बाट दुवै गोल प्रबिश छेत्रीले छिराए। उनले चौथो र ८३औं मिनटमा गोल गरे। डेण्डुप भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। मंगलवार खेलिने म्याचमा जर्जियन एफसी र शेयर एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *