दार्जीलिङ: चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको छ। चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत तामसाङमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै हाम्रो पार्टी युवा शक्तिको संयोजक राप्गे राई,सह संयोजक आशिष छेत्री,सह संयोजक बिक्कल राणा आदि उपस्थित रहेका थिए। त्यसरी नै चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष सत्येन घले,महासचिव विशाल दर्नाल,विदुष थापा,किशोर थामी आदि उपस्थित थिए। सांगठनिक सभामा हाम्रो पार्टीको भिजन साथै पार्टीको लक्ष्यबारे जनाउने कार्यहरू भएको बताइएको छ। यसै क्रममा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई मन पराउँदै १७ परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएको जानकारी प्राप्त भएको छ। समर्थन जनाउन आएका समर्थकहरूलाई पार्टीको नेतृत्वहरूले न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरेका छन्। समर्थकहरूले पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई घर घरमा पूराउने संकल्प लिएको बताइएको छ। सभामा समष्टिमा पार्टीलाई दह्रिलो बनाउनलाई हाम्रो युवा शक्ति कमिटिको गठन पनि गरियो। जसमा सर्वसहमति अनुरूप अश्विन लकान्द्रीलाई अध्यक्ष चयन गरियो। त्यसरी नै महासचिव चिरण थापा, कार्यकारिणी सदस्यहरूमो छोगेन तामाङ, नवाङ राई, सिद्वार्थ तामाङ, राहुल राई र असीम राईलाई चयन गरिएको छ हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।










