मालदा: आईसीएससी बोर्ड माध्यमिकमा मालदाकी एक छात्राले पूरै राज्यमा दोस्रो स्थान हासिल गरेको छ। महेशमती, अङ्ग्रेजीबजार नगरपालिका वार्ड नम्बर १७ निवासी राकेश बिहानीकी छोरी त्रिशा बिहानीले आईसीएससी मा ९९.६ प्रतिशत अंक ल्याइन्। कक्षा १० को परीक्षा दिएर पश्चिम बङ्गालमा दोस्रो भइन्। र मालदा जिल्लामा प्रथम स्थान हासिल गरिन्। उनी नर्थ प्वाइन्ट स्कुलकी विद्यार्थी हुन् ।हाल उनी राजस्थानको कोटामा मेडिकल साइन्स पढ्न गएकी छिन्। डाक्टर बन्ने सपना देखेको थाहा छ उनको सफलतामा परिवार र छिमेकीमा खुसीको माहौल छ।










