जलपाइगढी: होली चाइल्ड स्कूल जलपाइगढीकी छात्रा रिया मोहताले आईएससी बोर्ड कक्षा १२ को परीक्षामा राज्यमा चौथो स्थान हासिल गरिन्। उनको कुल अंक ३९६ छ। रियाको सफलताबाट परिवारका सदस्यहरू निकै खुसी छन्। रियाका बुबा हरि मोहता पेशाले व्यवसायी हुन्। आमा रेखा मोहता गृहिणी हुन्। राजगञ्ज ब्लकको शिकारपुर क्षेत्रको बाबुपारा क्षेत्रकी रियाले १० औं परीक्षामा ९६.४ प्रतिशत अंक ल्याएकी छिन्। त्यो अंकलाई उछिन्दै रियाले कक्षा १२ को परीक्षामा ९९ प्रतिशत अंक ल्याइन्। रियाले अंग्रेजीमा ९९ प्रतिशतमा ९६ अंक ल्याइन्। यस बाहेक उनले इतिहास, राजनीतिशास्त्र, भूगोल र अर्थशास्त्रमा १०० मध्ये १०० अंक पाएका छन्, भविष्यमा आइएएस अधिकारी बन्ने उनको लक्ष्य छ । त्यसैले उनी युपीएससीको तयारीमा छिन्। मुख्यमन्त्री ममता ब्यानर्जीले रियालाई यो सफलताको लागि बधाई दिएकी छिन्। यससँगै विधायक राजगञ्ज खगेश्वर राई, राजगञ्ज थानाका आईसी पंकज सरकार, बेलाकोबा चौकीका ओसी बुद्धदेव घोष उनको घर पुगेर मिठाई खुवाएर स्वागत गरेका थिए।










