इन्डियन वूमन लीग खेलेर आउने मञ्जु उराँवलाई भव्य स्वागत

3d92724c-fa76-44d3-bb95-6808c9ef6f43

कालचिनीः डुवर्समा प्रतिभाशाली केटा केटीहरूको अभाव छैन्। यदि अभाव नै छ भने त्यो हो उचित प्लेटफार्मको। यद्यपि विगत धेरै सालदेखि डुवर्सको कालचिनीमा डुवर्स फूटबल एकाडेमीले फूटबल खेलमा चासो राख्ने केटा केटीहरूलाई निरन्तर प्रशिक्षण दिँदै आईरहेकोले अहिले डुवर्सबाट धेरै केटा केटीहरू राष्ट्रिय स्तरसम्म फूटबल खेल्न सक्षम बनेका छन्। डुवर्सको मदारीहाट मुजनाई गाउँबाट यस भन्दा अघि पनि अञ्जु तामाङले सुनाम राख्दै आईरहेको छ भने हालै फेरि कालचिनी खण्डको मेन्दाबारी ग्राम पञ्चायत क्षेत्रको बानियापाड़ा गाउँकी २३ बर्षीय आदिवासी युवती मञ्जु उराँवले गोवाको चर्चिल ब्रदर्सबाट इन्डियन वूमन लीग खेलेर डुवर्सको नाम रोशन गरेकी छन्।
सो लीग खेलेर कलकत्ताबाट घर फर्किएकी मञ्जु उराँवलाई आज हेमिल्टनगञ्ज रेल स्टेशनमा कालचिनीका समाजसेवी पवन योल्मो एवम् तृणमूल युवा कंग्रेसको पक्षबाट भव्य स्वागत गरियो। समाजसेवी पवन योल्मोले मञ्जु उराँवले कालचिनी मात्र नभएर सम्पूर्ण अलिपुरद्वार जिल्लाको नाम राखेकी र मञ्जुलाई आगामी दिनमा हामी सबैले सहयोग दिनु पर्ने आह्वान गरेका छन्। यता लेडी फूटबलर मञ्जु उराँवले यसरी उत्साह प्रदान गरेकोमा सबैलाई धन्यवाद टक्र्याएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *