भोटाङे नागरिकबाट नशालु पदार्थ बरामद

cb6588cd-9a57-4f8c-8a85-0a250364b26c

कालचिनीः आइतबार राती जयगाउँ थानाको पुलिसबलले एउटा विशेष अभियान चलाउँदा जयगाउँ कस्मट चेकपोस्ट नजीकै क्षेत्रमा एउटा भोटाङ नम्बरको डम्पर वाहनलाई रोकेर जाँच गर्दा उक्त वाहनमा लुकाई राखेको एउटा बक्सबाट ४२९६ वटा नशालु क्यापसुल र ९६ वटा नशालु कफ सीरप बरामद गरेको थियो।
उक्त कारवाहीमा पुलिसले सो डम्पर वाहनको चालक भोटाङ निवासी गणेश दर्जी उमेर ३१ लाई पक्राउ गरेर राखेको बताएको छ। आपोपी चालक विरुद्ध अवैद्य रुपमा लागु पदार्थ ओसार पसारको मुद्दा दर्ता गरेर सोमबार अलिपुरद्वार जिल्ला अदालत लैजाने जयगाउँ थाना सुत्रले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *