कोलकाता: पश्चिम बङ्गालको नदिया जिल्लामा पुलिसको स्पेशियल टास्क फोर्स (एसटीएफ)ले अढाई किलोग्राम हेरोइन जफत गर्नुका साथै दुई तस्करलाई पनि पक्राउ गरेको छ। तस्करहरूबाट पाँच लाख रुपियाँ पनि भेटिएको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले सोमबार बिहान भने, ‘अबेर राति नदिया जिल्लाको राणाघाटमा राष्ट्रिय राजमार्ग अन्तर्गत खदाइतला शिशु शिक्षा केन्द्र छेउ सूचनाको आधारमा दुईजनालाई घेर्यो। उनीहरूले केही सामग्री आदान-प्रदान गरिरहेका थिए। खोजतलास गर्दा उक्त सामग्री अढाई किलोग्राम हेरोइन रहेको थाहा लाग्यो। अन्तरराष्ट्रिय बजारमा यसको दाम लगभग दुई करोड़ रुपियाँ रहेको छl’ आरोपित दुवैलाई पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम नदिया जिल्ला निवासी अबुल कलाम मण्डल र उत्तर २४ परगनाको वनगाउॅं निवासी तापस दासको रहेको बताइएको छ। -हिस