पश्चिम बङ्गालमा उच्च माध्यमिकको परिणाम आउँदो साता घोषणा हुने

Student-2-2

कोलकाता: पश्चिम बङ्गाल उच्च माध्यमिक (१२औं) बोर्ड परीक्षाको परिणाम आउँदो साता घोषणा हुनेछ। राज्यका शिक्षा मन्त्री ब्रात्य बसुले सोमबार यो जानकारी दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘आउँदो साता २४ मईमा माध्यमिक परीक्षाको परिणाम घोषणा गरिनेछ। परिणाम घोषणा भएपछि माध्यमिक शिक्षा परिषदको आधिकारिक वेबसाइटमा विद्यार्थीहरूले आफ्नो परिणाम अनलाइन हेर्न सक्नेछन्l’

उल्लेख्य, १४ देखि २७ मार्चबीच राज्यमा उच्च माध्यमिकको परीक्षाहरू भएको थियो। छ: लाखभन्दा धेरै छात्र-छात्राहरू परीक्षामा बसेका थिए। उच्च माध्यमिक शिक्षा परिषदको तर्फबाट अगावै बताइएको थियो, मई महिनाको अन्तमा अथवा जूनको पहिलो साता परिणाम घोषणा गरिनेछ। त्यहीअनुसार २४ मईमा परिणाम घोषणा गरिनेछ। त्यसअघि १९ मईमा माध्यमिक परीक्षाको परिणाम घोषणा हुनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement