सत्येन्द्र जैनद्वारा सर्वोच्च अदालतमा जमानतको निम्ति याचिका दायर

Supreme-Court

नयाँ दिल्ली: प्रवर्तन निदेशालय (ईडी) ले मनी लन्ड्रिङ केसमा लगभग एक वर्षदेखि जेलमा बन्द दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनले सर्वोच्च अदालतमा जमानत याचिका दायर गरेका छन्। दिल्ली उच्च अदालतले गत ६ अप्रेलमा जैनको जमानत याचिका खारेज गरेको थियो।

ईडीले जमानत याचिकाको विरोध गर्दै भनेको थियो, ‘यदि जैनलाई जमानत दिइए साक्षीहरूको ज्यानलाई जोखिम हुनसक्छ। जैन प्रभावशाली व्यक्ति हुन् र ठूला राजनीतिक पदहरूमा रहिसकेका छन्। उनले साक्ष्यहरूलाई प्रभावित गर्नसक्छन्। उनले जमानतको निम्ति तय ट्रिपल टेस्टलाई पनि पास गर्नपर्नेछl’ यसअघि १७ नोभेम्बर २०२२ मा राउज एवेन्यू कोर्टले सत्येन्द्र जैन, वैभव जैन र अंकुश जैनको जमानत याचिका खारिज गरेको थियो। उल्लेख्य, ईडीले सत्येन्द्र जैनलाई ३० मई २०२२ मा पक्राउ गरेको थियो। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *