चतरामा पाँच नक्सलीको मृत्युपछि माओवादी संगठनद्वारा बन्द घोषणा

00-1-Rashtriya-Samachar-10

झारखण्ड पुलिसले अपनायो सतर्कता

राँची: चतरामा पाँच नक्सलीहरूको मृत्युले भाकपा माओवादी संगठन आत्तिएको छl संगठनले यसको विरोधमा आज (१५ माई) उत्तर र पूर्वोत्तर भारतका पाँच राज्यमा बन्द घोषणा गरेको छ। आइतबार मध्य रातदेखि बन्दको असर देखिनु शुरू भएको छ। बन्दको असर सड़क र रेल मार्गमा पनि पर्नसक्छ। नक्सली सगंठनको बन्दलाई ध्यानमा राख्दै झारखण्ड पुलिस मुख्यालयले नक्सल प्रभावित जिल्लाहरूमा विशेष सतर्कता अपनाउने सुझाव दिएको छ। भाकपा माओवादीका पूर्व रीजनरल ब्यूरोका प्रवक्ता संकेतले बयान जारी गरेर यस बन्दको घोषणा गरेका थिए।

यसबीच गोप्य विभागलाई बन्दमा संगठनले पुलिसमाथि हमला गर्ने षड़यन्त्र रचेको सूचना प्राप्त भएको छ। राज्य पुलिसको विशेष शाखाका स्पेशल इन्टेलीजेन्स ब्यूरो (एसआईबी)का एसपीले राज्यका सबै जिल्लाहरूका एसपीलाई विशेष सतर्कता अपनाउने निर्देश दिएका छन्। लोहरदगा, चतरा, लातेहार, चाइबासा, खून्टी, पलामू र गढ़वामा विशेष सतर्कता अपनाइँदैछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement