अण्डर-१४ बोइज लीगः पुष्परानी रोय मेमोरियल हाई स्कूल विजयी

IMG-20230515-WA0195.jpg

१५ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको तेस्रो दिन पुष्परानी रोय मेमोरियल हाई स्कूलले एक दिन अघिको निराशाजनक हारलाई भुलेर असाधारण जीत हासिल गऱ्यो । स्थानीय चानमारी खेल मैदानमा सोमवार भएको म्याचमा पुष्परानी रोय मेमोरियल हाई स्कूलले हिमाली बोर्डिंग स्कूललाई ५-२-ले पराजित गऱ्यो। आजको म्याचमा अमित भुजेल मुख्य रेफरी रहेको थिए। यसरी सहायकको भूमिकामा सुरेन गुरुङ र प्रमोद प्रधान थिए। नितेश देवान फोर्थ अफिसियल रहेका थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। मंगलवार कुनै म्याच छैन। बुधवार खेलिने म्याचमा जेआर३२ र पुष्परानी रोय मेमोरियल हाई स्कूलबीच भिड़न्त हुनेछ । म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *