भारतीय टोली दोस्रो बांगो मोइत्री अन्तर्राष्ट्रिय योग कप २०२३ मा च्याम्पियन

IMG-20230515-WA0156.jpg

सिलगढीको ओमकार योग एण्ड स्पोर्ट्स अर्गनाइजेसनका ७ खेलाडीले पदक जिते

सिलगढी: बंगलादेशको ढाकामा भएको दोस्रो बांगो मोइत्री अन्तर्राष्ट्रिय योग कप २०२३ मा भारतको टोली च्याम्पियन बनेको छ। जहाँ भारतबाट जम्मा १५० खेलाडीले भाग लिएका थिए।जसमा सिलगढीको ओमकार योग एण्ड स्पोर्ट्स अर्गनाइजेसनका ७ जना खेलाडीले धेरै उपलब्धि हासिल गरेका छन्। जसमा पुरुष डिभिजनमा ११ देखि १७ वर्ष उमेर समूहका ७० प्रतियोगीहरूबीच स्वर्ण पदक जितेर सिलगढीका ज्वेल रोय च्याम्पियन बनेका छन्। र २५ वर्षमाथिको महिला समूहमा चन्द्र मल्लिकले स्वर्ण जितिन्। यस बाहेक जयिता दास र देवरिता सरकारले कास्य पदक जितेका छन्। सोमबार ओमकार योग तथा खेलकुद संघका अध्यक्ष प्रतीक पाण्डा र सहसचिव डोलन दत्तले सिलगढीको जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर यो जानकारी दिए। कार्यक्रममा सबै विजेताहरुलाई सम्मान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *